site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना– जनताको भलो होस् भनेर ओहदा र सुविधा त्याग गरेका हौँ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको भलो होस् भनेर ओहदा र सुविधा त्याग गरेको बताएका छन् ।

उनले नेपालको उन्नतिका लागि आफूहरुले के के त्याग गर्नुपर्ने हो तयार रहेको बताउँदै भनेका छन्– नेपाल जोगाउने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ लिन देशबासीलाई आह्वान गर्दैछौँ ।” 

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा  शाहले प्रजातन्त्रको कुरा गर्दा वादविवाद र द्वन्द्व, विरोध र प्रतिरोधको अर्थले रोजिन नहुने बताए ।

“सुन्दर शब्दले मात्र होइन व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवा भाव र आचरण चाहिन्छ,” उनले भिडियो सन्देशमा भनेका छन् ।

निषेधको दृष्टिकोणले प्रजातन्त्रलाई बलियो नबनाउने बताउँदै भने, “पक्ष र विपक्षको अहंकार र आफ्नै आफ्नै किसिमको हठले प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन । देशको इतिहास मेटिदै गएको छ । नेपालको अस्तित्व नासिदै गएको छ । होनहार युवा ताँती लाएर बाहिरिएका छन् । नेपालीको पसिना आफ्नो माटोमा नभइ अन्तै पोखिएको छ ।”

व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुखद कुरा भएको उनको टिप्पणी छ ।

“यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने परिकल्पना हो,” शाहले भनेका छन्, “हामीले उदारता राख्दै आयौं । जनताको भलो होस् भनेर ओहदा र सुविधा त्याग गरेका हौं । त्यागलाई कसैले कमजोरी ठान्नु हुँदैन । हाम्रो त्यागको अर्थ सबैलाई समेटेर जाने हो । हाम्रो इतिहासलाई मेटाएर हामी उभो लाग्दैनौं भन्ने हेक्का राखेर अघि बढौँ ।”
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro