site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय आपराधिक समूहको धन्दा : बूढानीलकण्ठमा 'बङ्लो' लिएर अनलाइन ठगी 

काठमाडौं । भारतीय नागरिकले बूढानीलकण्ठ क्षेत्रलाई आधार बनाएर अनलाइन अपराधको शृंखला चलाएको तथ्य खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले माघ २७ गते भारतीय नागरिकले साढे दुईतले बङ्लो घर नै भाडामा लिएर अनलाइन बेटिङ गरेको आरोपमा छापा मारेको थियो ।

परिसरका प्रमुख एसएसपी विश्व अधिकारी आफैँ घटनास्थल पुगेर छापा मारेका थिए । परिसरको टोलीले त्यो बेला २३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामाथि काठमाडौं प्रहरीले अनुसन्धान जारी नै राखेको छ ।

तर, उक्त घटनाको एक साता नबित्दै फेरि बूढानीलकण्ठबाट नै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ चलाइरहेका अर्को समूहलाई समेत पक्राउ गरेको छ ।

सोमबार राति कार्यालका प्रहरी नायव उपरीक्षक (डीएसपी) रोशन खड्काको टोलीले बूढानीलकण्ठको अर्को बङ्लो घरमा छापा मारेको थियो । खड्का नेतृत्वको टोलीले २४ जना भारतीयलाई नियन्त्रणमा लिएको छ ।

बूढानीलकण्ठमा सुरक्षा संगठनका उपल्ला तहका अधिकारी र अधिकांश सरकारी कर्मचारी र मन्त्रीका निजी निवास समेत छन् । पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

उनीहरूले मुख्यतया भारतीय नागरिककै बैंकखाता दुरुपयोग समेत गर्ने गरेको खुलेको छ । उनीहरूले स्काई एक्सचेन्ज बेटिङ साइटमार्फत ठगी धन्दा चलाएका थिए ।

प्रहरीले उनीहरूको साथबाट २१ थान ल्यापटप र ३८ थान मोबाइल बरामद गरेको छ । कार्यालयको प्रारम्भिक अनुसन्धानबाट १ अर्ब ६४ करोड ४० लाखभन्दा बढीको कारोबार खुलेको देखिएको छ ।

पक्राउ परेका आरोपीहरूले २ लाखभन्दा बढीमा घरभाडा तिरेर अनलाइन बेटिङको धन्दा चलाएको खुलेको छ । एक हप्ताअघि पक्राउ परेका २३ जना भारतीय नागरिकको साथबाट समेत प्रहरीले ८८ थान मोबाइल, १० ल्यापटप र ८१ हजार रुपैयाँ बरामद गरेको थियो ।

475234468_938133841840405_929392076236736828_n-1739869179.jpg
 

उनीहरूको समूहले तीन अर्ब रुपैयाँभन्दा बढी रकम अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको परिसरका प्रमुख एसएसपी विश्व अधिकारीको भनाइ छ । बाहिरबाट हेर्दा सामान्य कारोबार गरेको देखिने घरभित्र दिनरात अनलाइन ठगी धन्दा चलाइने गरेको खुलेको छ ।

भारतीयले सञ्चालन गरेको अनलाइन अखडामा प्रहरीले छापा मारेको यो दोस्रोपटक हो । चिनियाँ नागरिकका यस्ता कार्यालयमा भने विगतमा प्रहरीले छापा मार्दै आएको छ ।

प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनलाइनमार्फत ठगी गर्न चिनियाँले सञ्चालन गरेका कार्यालयमा छापा मार्दै आएको थियो ।

प्रहरीका अनुसार, चिनियाँ नागरिकले पनि भारतीयकै बैंक खाता प्रयोग गरेर अनलाइन ठगी धन्दा चलाउने गरेका थिए । चिनियाँले अनलाइनमार्फत ठगी गर्न रुपन्देही, वीरगन्जसहितका ठूला सहरमा कार्यालय नै खोलेका थिए ।

त्यो बाहेक चिनियाँले ठमेल क्षेत्रलाई आधार बनाएका विभिन्न आपराधिक गतिविधिमा लागेका छन् ।

पछिल्लो समय अपराधको शैली परिर्वतन भएर अनलाइनमार्फत ठगीका धन्दा बढेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजीपी टेकप्रसाद तामाङले पनि साइबर अपराध र अनलाइनमार्फत हुने अपराध नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै गइरहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro