site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अख्तियार आयुक्त अमात्यले शक्तिको दुरुपयोग गरेको पुष्टि
डा. सुमित्रा श्रेष्ठ अमात्य ।

काठमाडौं । उच्च अदालत पाटनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको रिट निवेदन खारेज गरेको छ ।

ललितपुर महानगरपालिकाले आफ्नो घर कम्पाउन्डमा अवैध रूपमा डोजर चलाएको भन्दै अमात्यले गएको असार २६ गते रिट दायर गरेकी थिइन् । ललितपुर महानगरविरुद्ध दायर उनको रिट गएको बुधबार न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो ।

रिट खारेजसँगै अमात्यको घर कम्पान्डमा डोजर चलाई सार्वजनिक जग्गा सुरक्षित गर्ने ललितपुर महानगरको कदम ‘कानुनसम्मत’ ठहर भएको छ । अब महानगरपालिकालाई आफूले थालेको कामलाई पूर्णता दिने बाटो पनि खुलेको छ ।

आयुक्त भइसकेपछि डा. अमात्य दम्पतीले ०७८ असोजमा चाकुपाटस्थित सरस्वती मन्दिर परिसरमा कम्पाउन्डसहितको घर किनेको थियो । झन्डै एक रोपनी जग्गासहितको घर किनिसकेपछि पुरानो पर्खाल भत्काएर कम्पाउन्डसँगै जोडिएको सरस्वती मन्दिर रहेको सार्वजनिक जग्गातर्फबाट गेट खोली बाटो बनाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीय गुठियारको उजुरीमा महानगरले डोजर चलाएको थियो ।

नयाँ गेट भत्काई बन्द गर्न निर्देशन दिएपछि अख्तियारले आफैँ उजुरी खडा गरी ललितपुर महानगरपालिकामाथि अनुसन्धान थालेको थियो । अख्तियारको अनुसन्धानमाथि आयुक्त डा. अमात्य स्वयं स्थानीय तहको अनुसन्धान हेर्ने जिम्मेवारीमा रहेका कारण प्रश्न उठाइएको थियो ।

उजुरीसँगै मेयर चिरिबाबु महर्जनलगायत महानगरका जनप्रतिनिधिलाई अख्तियारले बयानका निम्ति बोलाउन थालेको थियो । त्यसपछि मेयर महर्जनले सार्वजनिक जग्गा नभएको पुष्टि गरी कारबाही गर्न चुनौती दिँदै बारम्बर आफूलाई बयानका निम्ति डाकेर दबाब नबढाउन आग्रह गरेका थिए ।

उच्च अदालतमा दायर रिटमा अमात्यले घर ‘खरिद गरेपछि सो घर, कम्पाउन्ड र जग्गाको संरचनामा परिवर्तन हुने गरी केही पनि नगरेको’ दाबी गरेकी थिइन । त्उनले महानगरको कदमलाई पनि गैरकानुनी दाबी गरेकी थिइन् ।

मेयर महर्जनले उच्च अदालत पाटनमा पठाएको लिखित जवाफमा ‘नक्सापास गर्दा तोकिएको ठाउँको गेट बन्द गरी बाटो नै नभएको सार्वजनिक ठाउँमा गेट हालेर जबर्जस्ती बाटो बनाएकाले डोजर चलाउनुपरेको’ भनेका थिए ।

त्यही जवाफ र घरको नक्सासहितका प्रमाणका आधारमा अमात्यको रिट दाबी नपुग्ने भन्दै उच्च अदालत पाटनले खारेज गरेको हो । उच्च अदालतले रिट खारेज गरेसँगै आयुक्त अमात्यले शक्तिको दुरुपयोग गरी सार्वजनिक जग्गा हत्याउन खोजेको पनि पुष्टि भएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro