site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा ओखर खेलिरहेका १० जना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंका दुई स्थानमा जुवातास खेलिरहेका २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका–२ स्थित पञ्चकन्या सामुदायिक वनको चौरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको छ । ओखलढुंगा घर भई काठमाडौंको सुन्दरीजलमा बस्दै आएका २६ वर्षीय लालकाजी सेन्चुरीसहितका व्यक्तिहरूलाई बिहीबार (हिजो) दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद एक लाख ६७ हजार ७४५ रुपैयाँ र ओखर १५ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–९, सेतोपुलनजिकैको टहरामा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिनामंगलका २९ वर्षीय लोकबहादुर चौहानसहितका व्यक्तिहरूलाई बिहीबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ६७ हजार ७०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro