site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘लाज शरणम्’मा धुर्मुस देखिए मोहम्मद आफतव आलमको लुक्समा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । नयाँ क्यारेक्टर सार्वजनिक गर्न निर्माणपक्षले पोस्टर ल्याएको हो । यसअघि सार्वजनिक तीनवटा पोस्टरमा नदेखिएका कलाकारलाई नयाँ पोस्टरमा छन् । 

पोस्टरमा बायाँबाट क्रमशः मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा र कमलमणि नेपाल लाई देख्न सकिन्छ । 

फ्रन्टमा देखिएका पात्र चलचित्रका हिरो हुन् । उनी सीताराम कट्टेल (धुर्मुस) हुन् । उनी दौरासुरुवाल ज्वारीकोटमा देखिएका छन् । अभिवादन गरिरहेका उनको यो गेटअपले उनी चलचित्रमा नेताको भूमिकामा रहेको प्रष्ट हुन्छ । उनलाई निर्माण टिमले आज पहिलोपटक सार्वजनिक गरेको हो । 

उनी पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमको लुक्समा छन् । उनको पृष्ठभूमीमा कफिनमा शव बोकिरहेका मानिस देखिन्छन् । 

चलचित्र ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ । यो हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । 

‘सक्किगोनि’ टिमबाट यो चलचिमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायत कलाकार छन् । 

‘लाज शरणम्’को निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायत कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । 

ll-1737692441.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro