site stats
बाह्रखरी :: Baahrakhari
कला
कहिलेसम्म ‘लाज शरणम्’ले लुकाउँछ मुख्य कलाकार धुर्मुसलाई ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को निर्माणपक्ष छायांकन सकेर अहिले पोष्टप्रोडक्सनमा छ । सिनेमाको पोष्टप्रोडक्सनको काम, प्रचार र रिलिजको क्यालेन्डर बनाएर निर्माणपक्ष कसरी सिनेमालाई प्रभावकारी रूपमा दर्शकमा पु¥याउने भन्नेमा केन्द्रित छ । 

चलचित्रको पोस्टर पनि सार्वजनिक भइसकेको छ । निर्माणपक्षले तीनवटा पोस्टर सार्वजनिक गरिसकेको छ । पोस्टरको तारिफ पनि भइरहेको छ । 

Argakhachi Cement Island Ad

पोस्टरमा सिनेमाका मुख्य पाँच पात्र फिचर्ड छन् । यसमध्ये चारजना चिनिन्छन् भने एकजना चिनिँदैनन् । चिनिने अनुहारमा अर्जुन घिमिरे (पाँडे), हरिष निरौला (कक्रोज), सागर लम्साल (बले) र विजय बराल छन् । अर्का एकजना पात्र पनि छन् । जसको अनुहार चिनिँदैन । 

यो चलचित्रमा रहेका मुख्य पात्रलाई पोस्टरमा निर्माणपक्षले लुकाएको छ । ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । तर, अहिलेसम्म निर्माणपक्षले उनको नाम लुकाइरहेको छ । 

चलचित्रको टिजर, ट्रेलर र गीतमा पनि मुख्य पात्र सितारामलाई लुकाउँछ अथवा के गर्छ त्यो भने हेर्न बाँकी छ । पब्लिसिटी मुख्य पात्र बिना नै गर्ने छ वा होइन त्यो प्रतिक्षाको विषय बनेको छ ।  

चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदै छ । यो चलचित्रलाई कुमार कट्टेल (जिग्री ब्रो’ले निर्देशन गरेका छन् । उनको यो डेब्यु निर्देशन हो । 

चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बूसँगै ‘सक्किगोनि’ टिमबाट अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, बविन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बा) लगायत कलाकारको अभिनय छ । 

चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र श्रीर्जना खड्का सह–निर्माता छन् ।  
 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्