site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन 
फाइल तस्बिर : वीरगन्ज भन्सारमा रोकिएका सवारी साधन ।

वीरगन्ज । चालु आर्थिक वर्षको ६ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ), मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व संकलन भएको छ । चालु आवको ६ महिनामा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार ७९९ किलोलिटर डिजेल आयातबाट रु १८ अर्ब ९८ करोड राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । 

Dabur Nepal
NIC Asia

चालु आवको ६ महिनामा दुई लाख २० हजार ३८५ किलोलिटर आयात भएको पेट्रोलबाट रु १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ । 

चालु आवको ६ महिनामा रु आठ अर्ब नौ करोड बराबरको ८९ हजार ३८० किलोलिटर (एटीएफ) आयातबाट रु एक अर्ब एक करोड तथा रु ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट रु १० करोड राजस्व संकलन भएको जनाइएको छ । 

आव २०८०/८१ को ६ महिनामा ८८ अर्ब ७८ करोड बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व संकलन गरेको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro