देश
काठमाडौं । कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेका छन् ।
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार बेलुका आफैँमाथि गोली प्रहार गरेका हुन् ।
राइफलको गोली हानेका विष्टको अवस्था गम्भीर छ । उनको महाकाली अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ २२:१५
प्रतिक्रिया दिनुहोस्