site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ५२ अंकले बढ्यो, डेढ महिनापछि नौ अर्बभन्दा बढीको कारोबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५२.३६ अंकले बढेको छ । आज नेप्से परिसूचक २ प्रतिशतले बढेर २,६६५.४५ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम तीन अर्बले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार, आज नौ अर्ब २० करोड ३० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो साढे एक महिनापछिको उच्च मूल्यको सेयर कारोबार हो ।

गत मंसिर १९ गते नौ अर्ब १३ करोड २४ लाख रुपयाँको सेयर खरिदबिक्री भएको थियो । तर, त्यसयता नौ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको थिएन ।

आज १९६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ३७ कम्पनीको सेयरमूल्य घटेको छ । नौ कम्पनीको सेयरमूल्य स्थिर छ ।

कर्पाेरेट डेभलपमेन्ट बैंक र डोल्टी पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । तर, बलेफी हाइड्रोपावरको सेयरमूल्य ८.२१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । सर्वाधिक वृद्धि ‘अन्य’ समूहको भएको छ । यस समूहको परिसूचक ४.२४ प्रतिशतले बढेको छ । लगानी समूहको परिसूचक ३.८२ प्रतिशतले वृद्धि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro