site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटीको फराकिलो जित, युनाइटेड घरमै निराश

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले इप्सविच टाउनविरुद्ध उसैको मैदानमा ६–० को फराकिलो जित निकालेको छ ।

आइतबार राति पोर्टमन रोडमा भएको खेलमा फिल फोडेनले दुई गोल गरे । माटेओ कोभासिच, जेरेमी डोकु, एर्लिङ हाल्यान्ड र जेम्स म्याकएटीले गोल गरे ।

Dabur Nepal
NIC Asia

सिटीले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गरेको हो । जितसँगै २२ खेलबाट ३८ अंक जोडेको सिटी तालिकाको चौथो स्थानमा उक्लिएको छ । सिटी अझै पनि शीर्ष स्थानको लिभरपुलभन्दा १२ अंकले पछि छ । 

समान खेलबाट १६ अंक जोडेको इप्सविच भने रेलिगेसन क्षेत्रमा छ । 

आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले भने घरमै पराजय व्यहोरेको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई ब्राइटनले ३–१ ले पराजित गरेको हो ।

खेलको पाँचौँ मिनेटमा यान्कुबा मिन्तेहले गोल गर्दै ब्राइटनलाई अग्रतामा राखेका थिए । २३औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए । 

तर, ६०औँ मिनेटमा काओरु मितोमाले गोल गर्दै ब्राइटनलाई पुनः २–१ को अग्रतामा राखे । यस्तै, ७६औँ मिनेटमा जर्जिना रुटरले गोल गरेसँगै ब्राइटनले ३–१ को जित पक्का गरेको हो ।

जितसँगै २२ खेलबाट ३४ अंक जोडेको ब्राइटन तालिकाको नवौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २६ अंक जोडेको युनाइटेड तालिकाको १३औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro