site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल कबड्डी लिग : हिमालयन रेडर्स र विराटनगर ब्यान्डिट्सको जित

काठमाडौं । राजधानीमा जारी नेपाल कबड्डी लिग (एनकेएल) अन्तर्गत आइतबार भएको खेलमा हिमालयन रेडर्स र विराटनगर ब्यान्डिट्सले जित निकालेका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको खेलमा हिमालयन रेडर्सले पोखरा लेकर्सविरुद्ध ३४–३० को जित निकालेको हो । प्रतियोगितामा हिमालयनको यो पहिलो जित समेत हो । यो खेलमा हिमालयनका कप्तान गणेशबहादुर पार्की खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिए ।

आजै भएको पहिलो खेलमा विराटनगर ब्यान्डिट्सले काठमाडौं म्याभेरिक्सविरुद्ध ४४–४३ को साँघुरो जित निकालेको थियो । प्रतियोगितामा विराटनगरको यो दोस्रो जित हो । हारका बाबजुद काठमाडौंका कप्तान घनश्याम रोक्कामगर खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिए ।

 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro