site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानबेरा आइपुगिन् राजदूत यादव 

अस्ट्रेलिया । नेपाली राजनीतिमा चिरपरिचित रहेकी चित्रलेखा यादव अस्ट्रेलियाका लागि नेपाली राजदूत बनेर यसको राजधानी क्यानबेरा आइपुगेकी छिन् । सिड्नी विमानस्थलमा एनएसडब्लू राज्यका वाणिज्यदूत सञ्जीव शर्मालगायतले नवनियुक्त राजदूत यादवलाई स्वागत गरेका छन् ।

विमानस्थलमा जनसम्पर्कका कृष्ण गिरीलगायत समुदायका अगुवाको उपस्थिति थियो । राजदूत यादवले फेब्रुअरीको पहिलो आहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ ।

यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र नीति पनि बुझ्ने भएकाले यसलाई सहज रूपमा अगाडि बढाउन सक्ने धारणा राखिन् । ‘‘मेरो पहिलो प्राथमिकता  कूटनीतिक सेवा सहज र सरल बनाउनुका साथै दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनु हो, त्यसमा लाग्नेछु,’’ राजदूत यादवले बताइन् । 

अस्ट्रेलिया गएपछि आफ्नो पहिलो प्राथमिकता दुई देशको उच्चस्तरीय राजनीतिक भ्रमण, विद्यमर्थीका समस्या र आपसी सम्बन्ध विस्तार गराउनु रहेको बताइन्। ‘‘अस्ट्रेलिया र नेपालको बीचमा अहिलेसम्म उच्चस्तरीय राजनीतिक भ्रमण भएको छैन,’’ यादवले भनिन्,‘‘प्रधानमन्त्री, मन्त्रीस्तरीय भ्रमण गराउने प्रयास गर्नेछु ।’’
 
नेपालका लागि महत्त्वपूर्ण मुलुकका रूपमा अस्ट्रेलिया रहेको भन्दै उनले उच्चस्तरीय भ्रमणले दुई देशबीचको समझदारी र सहयोगको वातावरण बनाउन भूमिका खेल्ने बताइन्् । सम्बन्ध प्रगाढ भएपछि आफैँ सहयोग र सद्भावको वातावरण बन्ने यादवको तर्क थियो ।
 
नेपाल र नेपालीको हितमा काम गर्नु दूतावासको मूल कर्तव्य रहेको उनले सुनाइन् । ‘‘सन् २००७ मा नेपाली दूतावास स्थापना हुँदै गर्दा अस्ट्रेलियामा थोरै नेपाली थिए, तर अहिले लगभग लाखमा पुगिसकेको छ । तर दूतावासमा कर्मचारी  संख्या बढेको छै,’ उनले भनिन्, ‘‘यस्तो अवस्थामा कसरी सीमित स्रोत र साधनले चुस्त दुरुस्त सेवा दिन सकिन्छ भनेर प्रयास गर्ने छु ।’’

त्यहाँको कन्सुलर सेवालाई चुस्त दुूरुस्त र प्रभावकारी बनाउने आफ्नो प्रयास हुने उनले बताइन् । उनले भनिन्, ‘मैले कन्सुलर सेवालाई प्रभावकारी बनाउन कसरी सकिन्छ भनेर वाणिज्यदूतहरूसँग छलफल गर्नेछु । स्थानीय समस्या पनि सुन्छु, अनि कसरी अगाडि बढ्न सकिन्छ मिलेर अगाडि बढ्ने प्रयास गर्नेछु ।’

आफूले विद्यार्थीका डिप्रेसन र आत्महत्याका विषयमा पनि सुनेको भन्दै उनले शव स्वदेश लैजाने विषयमा पनि सबै समुदायसँग छलफल अगाडि बढाउने बताइन् । 

सुशील कोइराला नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेकी यादव नेपाली कांग्रेसको कोषाध्यक्ष समेत भइसकेकी छिन्। पटक–पटक केन्द्रीय सदस्य बनेकी यादवको मूल थलो सिरहा हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro