site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई माधव नेपालको प्रश्न– ०८७ सम्म सरकारमा किन टिकाउने ? 
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार ०८७ सालसम्म किन टिकाउनुपर्‍यो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसित उनले ०८७ मा संविधान संशोधन गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रश्न गरेका हुन् ।

नेता नेपालले सरकार असफल भएको जिकिर गरे । “वास्तवमा यो सरकारले जनअपेक्षाहरू पूरा गर्न सकेको छैन । यो सरकार जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवर्द्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन । समाजमा सकारात्मक सन्देश दिन सकेको छैन । त्यसैले यो सरकार असफल छ । अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैन । सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ । संविधानलाई पूर्ण रूपमा बेवास्ता गरेको छ,” उनले भने, “संविधान संशोधन गर्नेजस्तो विषयमा अरू कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन, अब ०८७ सम्म कुर्नुपर्ने ? यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुपर्‍यो ? प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने ? यसको जवाफ दिनुपर्‍यो ।”

उनले सरकारका कामको आलोचना गर्नु अर्को विकल्पमा जान तयार छौँ भन्ने नरहेको बताए । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरूले सडक संघर्ष गर्ने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro