site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
लाओसको गोल्डन ट्रयांगलबाट भागेर थाइल्यान्ड छिरेका एक नेपालीको उद्धार 

काठमाडौं । थाइल्यान्डबाट एक नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । उनलाई शुक्रबार (आज) नेपाल फर्काइएको थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासका अनुसार, उनी आकर्षक रोजगारीको प्रलोभनमा परी लाओसको गोल्डन ट्रयांगल पुगेका थिए । त्यहाँ उनलाई गैरकानुनी काम गर्न बाध्य पारिएको थियो । त्यसपछि उनी त्यहाँबाट भागेर थाइल्यान्ड छिरेका थिए । थाइल्यान्ड छिरेपछि उनलाई थाई सरकारी निकायको सहयोगमा नेपाल फर्काइएको हो ।

“नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुनविपरीत छिटो धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ,” नेपाली दूतावासले विज्ञप्तिमार्फत भनेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro