site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भाटभटेनी 'क्लब मेम्बर्स'लाई २२ करोडको गिफ्ट भौचर

काठमाडौं । भाटभटेनी सुपर स्टोर्सले आफ्ना नियमित ग्राहकहरूलाई यो वर्ष २२ करोडभन्दा बढी रुपैयाँ बराबरको गिफ्ट भौचर उपहारको घोषणा गरेको छ । यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभर फैलिएको २७ वटा भाटभटेनी स्टोर्समा जहाँबाट पनि खरिद गर्न सक्नेछन् ।

यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्त गर्ने मध्येका एक लाख नौ हजार ग्राहकहरूले प्राप्त गर्नेछन् । भाटभटेनी क्लबमा सदस्य रहेका लाखौँ ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले गिफ्ट भौचर प्राप्त गरेको सीओओ पानु पौडेलले जानकारी दिए ।

कम्तीमा १३ सयदेखि दुई लाखसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेका छन् । यसरी बाँडिने गिफ्ट भौचर कुल २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ बराबर हुनेछ ।

सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँडने कार्य २०८१ माघ ६ देखि फागुन ९ गतेसम्म रहने छ ।

भाटभटेनी सुपर स्टोर्सले आफ्ना ग्राहकहरूका लागि धेरै प्रकारको सुविधाका प्याकेज बेला बेलामा घोषणा गर्दै आएको छ । चाडपर्वहरूमा पनि सधैँ विशेष छुट दिँदै आएको पनि पौडेलले बताएका छन् ।

ग्राहकको सुविधाबाहेक पनि भाटभटेनी सुपर स्टोर्सका अध्यक्ष मीनबहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिँदै आएका छन् । गएको असोज महिनामा काठमाडौं र देशका अन्य क्षेत्रमा आएको बाढीपीडितको सहयोगका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत एक करोड ११ लाख ११ हजार १११ सहयोग गरेका थिए ।

त्यस्तै, नेकपा (एमाले)को कार्यालय सो बाढीको डुबानमा परेपश्चात गुरुङले करिब १० रोपनी जग्गा एमाले कार्यालय बनाउन सहयोग गर्ने र त्यसमा भवन पनि बनाइदिने घोषणा गरेका छन् । त्यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल (कियोच)लाई ४१ करोड रुपैयाँ सहयोग गरेका छन् ।

त्यसबाहेक पनि जाजरकोटको भूकम्पको बेलामा सहयोग गर्ने, टिचिङ अस्पतालको इमर्जेन्सी भवन बनाइदिने, दुर्गम क्षेत्रका जेहन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा डाक्टर पढाउने जस्ता अनेक सामाजिक कार्यमा गुरुङको देन छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro