site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोप लागेका एक जनामाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ ।

त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा दोलखाका ललितकुमार केसी पक्राउ परेका छन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको काठमाडौं प्रहरी स्रोतले जनाएको छ ।

Dabur Nepal
NIC Asia

केसीलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको अनुमति दिएको छ । त्रिपाठीमाथि हातपात गर्ने अरूको प्रहरीले खोजी गरिरहेको छ ।

त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध जाहेरवालाका तर्फबाट बहस गरेका थिए ।

सहकारीपीडितका तर्फबाट आफ्नो बहस सकाएर बाहिरिने क्रममा बुधबार उनीमाथि आक्रमण भएको थियो । त्रिपाठीले बिहीबारमात्रै आफूमाथि हातपात गर्नेमाथि कारबाहीको माग गर्दै प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro