site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् । आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।

उनीमाथि बुधबार (हिजो) काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो । “भर्खर (बिहीबार अपराह्न) प्रहरीमा उजुरी दिएर फर्किंदै छु,” त्रिपाठीले बाह्रखरीसँग भने, “यस विषयमा प्रहरीले उचित अनुसन्धान गर्ला भन्ने विश्वास गरेको छु ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले पनि त्रिपाठीमाथि हमलाको विषयमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध जाहेरवालाका तर्फबाट बहस गरेका थिए । सहकारीपीडितका तर्फबाट आफ्नो बहस सकाएर बाहिरिने क्रममा उनीमाथि आक्रमण गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro