site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले र कांग्रेसबीच कुनै समस्या छैन : गृहमन्त्री लेखक
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा (एमाले)सँग सौहार्दपूर्ण सत्ता सहकार्य भइरहेको बताएका छन् । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मन्त्रीहरूको ब्रिफिङपछि बाहिरिएका लेखकले सत्ता सहकार्यमा कुनै समस्या नरहेको दाबी गरे ।

देउवा निवासमा पदाधिकारी र संसदीय दलका नेतासहित मन्त्रीहरूको सामूहिक ब्रिफिङ राखिएको थियो । बैठक नसकिँदै बाहिरिएका लेखकले अविश्वास र अस्वस्थ प्रतिस्पर्धा नरहेको जिकिर गरे ।

“हामी नेपाली कांग्रेस र नेकपा (एमाले) दुई दल मिलेर सरकार बनेको छ, हाम्रा बीचमा कुनै समस्या छैनन्,” लेखकले भने, “सरकार सञ्चालनमा कुनै बाधा, व्यवधान वा अप्ठेरा छैनन् । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा आज छलफल भएको छ ।”

उनले सरकारको प्राथमिकता नै दुई दलबीचको सातबुँदे समझदारी अनुसार काम गर्ने भएको पनि बताए । त्यसमै टेकेर हरेक मन्त्रालयलाई प्रभावकारी बनाउने थप समझदारी र निर्देशन भएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro