site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

त्यस्तै, बैठकले समाजवादी मोर्चाको गति सुस्त भएको समीक्षा गरेको उनले बताए । आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै, मोर्चाको आठौँ बैठकले आगामी कार्यक्रम बनाउने जिम्मा सचिवालयका नेतालाई दिएको थियो ।

आज (बुधबार)को बैठकमा विषय समेत समेटेर माघ १२ सम्ममा सचिवालयका नेताहरूले प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय भएको प्रकाण्डले बताए । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव समूह) छन् ।

मोर्चा गठन हुँदा जनता समावादी पार्टी पनि थियो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएका बेला जसपा विभाजन भएको थियो । त्यसयता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोर्चामा छैनन् । उनलाई क्रियाशील बनाउने पक्षमा नेताहरू छन् । उपेन्द्रले बैठकमा सहभागी नहुने जवाफ दिएका छन् ।

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro