site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुडानको राजधानीनजिकै भएको गोलाबारीमा १२० जनाको मृत्यु

पोर्ट सुडान (सुडान) । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् ।

पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपत्कालीन प्रतिक्रिया कक्षले जनाएको छ ।

नेटवर्कले यो मृत्यु संख्या प्रारम्भिक रहेको बताउँदै आक्रमणको पछाडि को थियो भनेर निर्दिष्ट गरेको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्वास्थ्य कार्यकर्ताहरूका अनुसार उद्धारकर्ताहरूले ‘विभिन्न स्तरका चोटपटकबाट पीडित ठूलो संख्यामा घाइते व्यक्तिहरूको’ उपचार गर्न संघर्ष गरिरहेका बेला चिकित्सा आपूर्तिको अत्यन्त अभाव रहेको बताए ।

सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको लडाइँ बढेको छ ।

सहायता एजेन्सीहरूका अनुसार युद्धमा दशौँ हजार मानिस मारिएका छन् जसले देशलाई अनिकालको संघारमा पारेको छ ।

सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाइएको छ ।

ओमदुरमानको अधिकांश भाग सेनाको नियन्त्रणमा छ भने आरएसएफले राजधानी र बृहत्तर खार्तुम क्षेत्रको केही भाग नियन्त्रण गरेको छ ।

नाइल नदीका दुवै तर्फका बासिन्दाहरूले नदी पार गरेर गोलाबारी भएको बताएका छन् । त्यहाँ बम र छर्राहरू नियमित रूपमा घरहरू र नागरिकहरूमाथि पर्ने गरेका छन् । रासस/एएफपी

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro