site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिहीबारबाट नयाँ मौसमी प्रणाली भित्रिँदै, चिसो बढ्छ कि घट्छ ?
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा बिहीबारबाट पुनः नयाँ मौसमी प्रणाली भित्रिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने भएको हो । 

यो प्रणालीको प्रभाव पश्चिम नेपालमा मात्रै पर्नेछ । “बिहीबार यो प्रणाली भित्रिनेछ । यसको प्रभाव पश्चिम नेपालमा मात्रै पर्नेछ,” मौसमविद् सञ्जिव अधिकारी बाह्रखरीसँग भन्छन्, “यसको असर मध्य र पूर्वी नेपालमा खासै पर्ने छैन ।” पूर्वतर्फ धेरै सर्न नपाउँदै यो प्रणाली कमजोर भएर बाहिरिनेछ । 

मौसमविद् अधिकारीका अनुसार यो प्रणाली यसअघिका पश्चिमी न्यूनचापीय प्रणालीभन्दा कमजोर हुनेछ । जसका कारण देशभर नफैलिँदै बाहिरिनेछ । 

Dabur Nepal
NIC Asia

बिहीबार सुदूरपश्चिम प्रदेशदेखि गण्डकी प्रदेशसम्मका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले हिमपातको पनि सम्भावना रहेको बताएको छ ।

यो प्रणालीको केही असर तापक्रममा देखिए पनि त्यसले ठूलो प्रभाव नपार्ने मौसमविद् अधिकारीको भनाइ छ । यो प्रणालीले न्यूनतम तापक्रममा ठूलो प्रभाव नपर्ने उनले प्रष्ट पारे । 

अब विस्तारै चिसो कम हुँदै जाने उनले बताए । “अब विस्तारै चिसो कम हुँदै जान्छ । ठूलो प्रणाली नभित्रिएको अवस्थामा अब तापक्रम बढ्दै जाने हो,” मौसमविद् अधिकारी भन्छन्, “जनवरी १५ बाट तापक्रम बढ्दै जान्छ । त्यसैले अब चिसो कम हुने र तातो बढ्दै जाने हो । त्यसैले न्यूनतम तापक्रम अहिलेकोभन्दा न्यून हुने सम्भावना कम छ । यो वर्ष हालसम्मको न्यूनतम तापक्रमभन्दा कम हुने सम्भावना कम हुन्छ ।” यद्यपि, हुँदैन नै भन्न भने नसकिने मौसमविद्हरू बताउँछन् । 

विगत वर्षहरूको तथ्यांक विश्लेषण गर्दा पनि जनवरी १५ बाट तापक्रम बढ्दै गएको देखिने उनी बताउँछन् । त्यसैले अब क्रमिक रूपमा तापक्रम बढ्ने उनको भनाइ छ । 

जनवरीको पहिलो हप्ता भने औसतमा वर्षकै सबैभन्दा चिसो समय मानिन्छ ।  

काठमाडौंमा यो वर्ष हालसम्मको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको थियो । मंसिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो । डिसेम्बर र जनवरी न्यूनतम तापक्रम घटबढ भइरहने महिना हो । 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro