site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कति हो काठमाडौं र नेपालको हालसम्मकै न्यूनतम तापक्रम ? 

काठमाडौं । काठमाडौंको आज न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो तापक्रम यो वर्षको आजसम्मको न्यून हो । यद्यपि, योभन्दा पनि कम तापक्रम हुने सम्भावना छ । 

“काठमाडौंको तापक्रम योभन्दा पनि न्यून हुनसक्छ । तर, हुन्छ नै र यति नै हुन्छ भनेर भन्न सकिन्न,” मौसमविद् विनु महर्जन भन्छिन्, “तर, हामीले यसअघि नै जारी गरेको यो वर्षको मौसमको पूर्वानुमानअनुसार यो वर्षा तापक्रम औसतभन्दा धेरै तलमाथि हुँदैन ।”  

गत वर्ष (२०२३)मा काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस रहेको मौसमविद् महर्जन बताउँछिन् । उनका अनुसार जनवरी २८ मा काठमाडौंको तापक्रम वर्षकै न्यून २.१ मामन गरिएको थियो ।

काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । 

१९७८ यता काठमाडौंको तापक्रम माइनस ३.५ भन्दा कम गएको तथ्यांक नरहेको मौसमविद् सुदर्शन हुमागाईंको भनाइ छ । “१९७८ काठमाडौंका लागि त्यो सबैभन्दा चिसो वर्ष थियो,” उनी बाह्रखरीसँग भन्छन् । 

तर काठमाडौंको तापक्रम माइनसमा भने धेरै पटक गएको तथ्यांक जल तथा मौसम विज्ञान विभागसँग छ । 

१९९८ जनवरी २० मा काठमाडौं उपत्यकाको तापक्रम माइनस ३ डिग्री सेल्सियस मापन भएको थियो । २००० को जनवरी १६ मा पनि काठमाडौं उपत्यकाको तापक्रम माइनस ३ डिग्री सेल्यिस थियो । 

“१९७७, १९७८, १९८४ मा काठमाडौंमा माइनस २.६, माइनस २.४ तापक्रम थियो । काठमाडौंमा माइनसमा तापक्रम थुप्रैपटक गएको तथ्यांक छ,” मौसमविद् हुमागाईं भन्छन् । 

१९९७ डिसेम्बर २९ मा सिमकोटमा माइनस १७.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यो नेपालमा तापक्रमको रेकर्ड राख्न थालेयताकै सबैभन्दा कम तापक्रम हो । “यो तथ्यांक हाम्रो रेकर्डमा छ । तर, यसलाई पुनः एकपटक हाम्रा छुट्टाछुट्टै स्टेसनमा गएर भेरिफाइ गर्नुपर्छ भन्ने लाग्छ,” उनले भनेका छन् । 

मनाङको हुम्देमा सन् २०१७ माइनस १६.५ डिग्री सेल्यिस तापक्रम मापन भएको थियो । सन् २००० जनवरी १७ मा जुम्लाको तापक्रम माइनस १२.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

“यो भन्दा कम तापक्रम पनि नेपालमा हुन्छ । तर तीन हजार मिटरभन्दा माथि हामीसँग तापक्रम मापन गर्ने यन्त्र छैनन्,” मौसमविद् हुमागाईं भन्छन्, “सरकारी स्रोतसाधनको अभावका कारण तीन हजारभन्दा माथि तापक्रम मापन केन्द्र हामीले राख्न सकेका छैनौँ ।”

मानवबस्तीभन्दा धेरै टाढा मापन केन्द्र राख्दा नियमित अनुगमन जान समस्या हुने विभागले जनाएको छ । सरकारी नियमअनुसार एक हप्ताभन्दा धेरै फिल्ड अनुगमनमा जान नपाइने नियमले तीन हजारभन्दा माथि तापक्रम मापन केन्द्र राख्न सम्भव नरहेको विभागको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro