site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनकेएल खेल्न आइपुगे घनश्याम

काठमाडौं । भारतमा इन्डियन प्रिमियर लिग क्रिकेटपछिको सर्वाधिक लोकप्रिय प्रतियोगिता हो प्रो कबड्डी लिग । जसको फाइनलमा पछना पाइरुेट्सलाई पराजित गर्दै दुई साताअघि हरियणा स्टिलर्स च्याम्पियन भएको थियो ।

यिनै प्रो कबड्डी लिग च्याम्पियन हरियणाका रेइडर्स हुन् घनश्याम रोकामगर । उनी नेपाली राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान पनि हुन् । २१ वर्षीया उनी हाल नेपाल कबड्डी लिग (एनकेएल) खेल्न काठमाडौं आइपुगेका छन् । उनी माघ ४ गतेदेखि हुने एनकेएलमा काठमाडौं माभरिक्सका मार्की खेलाडी हुन् ।

फ्रेन्चाइज टिमको अवधारणामा पहिलोपल्ट आयोजना गर्न लागिएको एनकेएलप्रति घनश्याम निक्कै उत्साहित छन् । लिबाङ, रोल्पा घर भएका उनले सोमबार आयोजित कार्यक्रममा भने, "नेपालमा यस्तो (एनकेएल) प्रतियोगिता पहिला कहिल्यै भएको थिएन । यसपालि खेलाडीले राम्रो पैसा पाउँदैछन् । कर्पोरेट हाउसहरूले टिम खरिद गरेका छन् । खेलाडी, कोच सबैले राम्रो सुविधा पाएको छ । त्यसैले एनकेएलले नेपाली कबड्डीलाई व्यावसायिक रूपमै स्थापित गर्ने र भविष्यमा ठूलो प्रतियोगिताको रूपमा स्थापित हुने विश्वास लिएको छु ।"

गत सिजन पनि हरियणा स्टिलर्सबाटै खेल्दा उनी प्रो कबड्डी लिगमा उपविजेता बनेका थिए । यसपटक भने च्याम्पियन नै भएका हुन् । पुनामा जितेको उपाधिको खुसीयाली हरियणामा बनाएर उनी स्वदेश फर्किएका हुन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलको माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्दैछन् । विराटनगर ब्यान्डिट्सले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा डेब्यु गर्नेछ ।

६ सहरका ६ टिम सहभागी एनकेएलको राउन्ड रोबिन लिगमा १५ खेल हुनेछ, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर १ खेल्नेछ, जसको विजेता सीधै फाइनलमा पुग्नेछ ।

लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ । क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेतावीच माघ १६ गते हुने क्वलिफाइर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ । फाइनल माघ १८ गते हुनेछ । एनकेएल खेल्न थाइल्यान्ड, बंगलादेश र श्रीलंकाबाट १८ खेलाडी पनि काठमाडौं आइसकेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro