site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविका तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने

काठमाडौं । काठमाडौंस्थित कालीमाटीको स्वर्णलक्ष्मी सहकारी गठी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस भइरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा बहस जारी छ ।

न्यायाधीश अधिकारीले बहसका लागि दुई घण्टाको समय तोकेका छन् । अहिले सरकारी वकिलको तर्फबाट बहस भइरहेको छ ।

रास्वपा सांसद सोविता गौतमका अनुसार, लामिछानेको तर्फबाट भने पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् ।

“हाम्रो तर्फबाट छोटो बनाउने गरी दुईजना वरिष्ठ अधिवक्ताहरू सुशील पन्तज्यू र रमन श्रेष्ठज्यूले मात्र बहस गर्नु हुनेछ,” सांसद गौतमले बाह्रखरीसँग भनिन् ।

लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । पहिलो दिन उनको बयान भएको थियो । बयान सकिए पनि थुनछेक बहस सुरु हुन सकेन । अदालतले उनलाई प्रहरीको जिम्मा लगाएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

कास्की जिल्ला अदालतले पुस २५ गते लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर उनी पुस २५ गते नै थुनामुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro