site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पश्चिम नेपालको भूकम्पबारे अहिलेको सरकार गम्भीर बनेन : उपमहासचिव बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले पश्चिम नेपालमा गएको भूकम्पबारे वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएका छन् । आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

जाजरकोटलगायत पश्चिम नेपालको भूकम्प र विपद् व्यवस्थापनसँग अघिल्लो सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको बताएका छन् । उनले बैठकमा समस्याका बारेमा चर्चा गरेको र पक्ष, प्रतिपक्ष नभइ विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका बारेमा चर्चा गरेको उल्लेख गरे ।

जनसरोकारका विषय र तत्कालीन आवश्यकताका विषयहरूलाई गम्भीरताका साथ उठाएको उल्लेख गरे । अघिल्लो सरकारले पश्चिम नेपालको भूकम्पपीडितलाई दिने भनेको राहतबारे अहिलेको सरकार पछाडि फर्किन खोजेको महसुस आफूले गरेको बताए । पुनर्निर्माणको लागि पाँख लाख रुपैयाँ प्रतिपरिवारलाई दिने निर्णय भएकोमा त्यसलाई घटाउन खोजिरहेको जस्तो महसुस गरेको बताए ।

"हामीले समस्याहरूको बारेमा चर्चा गर्‍यौँ । यो पक्ष, प्रतिपक्षभन्दा विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक हो । त्यो विषयमा जनसरोकारका विषयहरू र तत्कालीन आवश्यकताका विषयहरूमा गम्भीरतापूर्वक यो कुरा उठाएका छौँ," उनले भने, "केही विषयहरूमा जुन गम्भीरताका साथ सरकार प्रस्तुत हुनु पर्दथ्यो, त्यो गम्भीरता हामीले महसुस गरेनौँ । यसमा सरकार गम्भीर बनोस् । विगतका सरकारले लिएका निर्णयहरूको प्रभाकारी कार्यान्वयन गरोस् भन्ने सुझाव दिएका छौँ ।"

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro