site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनको प्रश्न– प्रदेश सरकार किन चाहियो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारको औचित्यमाथि प्रश्न गरेका छन् । वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको कुराकानी क्रममा मेयर बालेनले प्रदेशको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

भेटका क्रममा मेयर बालेनले भने, “स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो ?”

सुकुम्वासी समस्या समाधान गर्नेदेखि नदी प्रणालीको विषयमा समेत संघ सरकार हाबी भएको बताउँदै मेयर बालेनले सचिव लम्साललाई भने, “यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ ?”

स्थानीय तहलाई अधिकार दिने र संघ सरकारबाट अधिकार लिन सक्ने प्रदेश सरकार चाहिएको बालेनको भनाइ थियो । उनले संघ सरकारबाट अधिकार लिन नसक्ने प्रदेश सरकार स्थानीय सरकारप्रति पनि उदार नभएको बताए ।

चालु आर्थिक वर्षका लागि मनोरञ्जन करमा प्रदेश सरकारले कायम गरेको दररेटका कारण महानगरपालिकाको राजस्व संकलन घटेको उल्लेख गर्दै बालेनले हिउँदे अधिवेशनमा आर्थिक ऐन संशोधनमा लगेर गत आर्थिक वर्षको दरलाई निरन्तरता दिने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।

छलफलका क्रममा प्रमुख सचिव डा. लम्सालले प्रदेश र स्थानीय सरकारका बीचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । उनले भने, “प्रशासनिक विषय व्यवस्थापन गर्न प्रयत्न गर्छु । राजनीतिक संवादका लागि वातावरण मिलाउँछु ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro