site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कार्यरत न्यायाधीश सरुवा भए, नयाँ आइनपुग्दा सुनुवाइ ठप्प

पर्वत । जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालू अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ ठप्प भएको छ । 

जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको गत पुस १२ गते सरुवा भएको हो । उक्त दिनदेखि अदालतमा रहेका मुद्दाको सुनुवाइ हुन सकेको छैन । जिल्लामा कार्यरत न्यायाधीश पौडेलको मुस्ताङको जिल्ला न्यायाधीशका रूपमा सरुवा भएको थियो । 

Dabur Nepal
NIC Asia

न्यायाधीश पौडेलको स्थानमा पर्वत जिल्ला अदालतमा अछामबाट प्रकाश ढुंगानाको सरुवा भएको छ । अछामबाट सरुवा भएका जिल्ला न्यायाधीश कार्यक्षेत्रमा हालसम्म उपस्थित नहुँदा दैनिक मुद्दा सुनुवाइ कार्य रोकिएको पर्वत जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रप्रकाश खड्काले बताए । 

यौन दुर्व्यववहार घटनाकी पीडित एक महिलाले पटक–पटक मुद्दा सुनुवाइ कार्य स्थगन हुँदा आफूले समयमा न्याय पाउन नसकेको गुनासो गरिन् । विसं ०८१ वैशाखमा यौन दुर्व्यववहार घटनाकी पीडित ती महिलाको अदालतमा मुद्दा चालूू प्रक्रियामा छ । 

आरोपित पुर्पक्षका लागि थुनामा भए पनि एउटै मुद्दा नौपटकसम्म इजलासमा पेसी चढेको अदालतको तथ्यांकमा उल्लेख छ । तर, नौपटकसम्म पेसीका रूपमा इजलास पेस भएको मुद्दा ६ पटक विविध कारण देखाएर स्थगन भएको छ भने दुईपटक मात्र आदेश भएको छ । 

न्यायका लागि अदालतमा आएका सर्वसाधारण पटकपटक मुद्दा सुनुवाइ प्रक्रिया स्थगन हुँदा र समयमा मुद्दा फर्छ्योट हुन नसक्दा समस्यामा परेका छन् ।

पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ । न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ । सामान्य थुनछेक आदेशकार्य भने नरोकिएको श्रेस्तेदार खड्काले बताए । 

पछिल्लो समय जिल्ला अदालतमा आर्थिक लेनदेनका मुद्दासँगै दुनियावादी देवानी मुद्दाको संख्या अधिक रहेको उनले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro