site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाली सिसीभित्र अद्भूत कलाकृति 

काठमाडौं । खाली सिसी बोतल तपाईंहरूले सामान्यतया के–केमा गर्न प्रयोग गर्न सक्नुहुन्छ ? पानी खान, मरमसला राख्न, दाल राख्न, अचार राख्न, पेयपदार्थ राख्न, गमलाको रूपमा प्रयोग गर्नलगायत काममा प्रयोग गर्नुहुन्छ होला । 

तर, ललितपुरको पाटनका स्थानीय विभूषण ताम्राकारले भने बोलतभित्र अनौठा कलाकृति बनाउन प्रयोग गर्दछन् । ताम्राकारले खाली सिसी बोतलभित्र काठमाडौं उपत्यका विविध सांस्कृतिक, पुरातात्त्विक र विश्व सम्पदा सूचीभित्र पर्ने सम्पदालगायत सुन्दर कलाकृति उतारेका छन् । 

उनले काठमाडौंको सिंहदरबार, घण्टाघर, रानीपोखरी मन्दिर, सहिदगेट, ललितपुरको प्रख्यात कृष्णमन्दिर, त्यसैगरी जनकपुरको ऐतिहासिक जानकी मन्दिर, पुराना डुंगा, नाउँलगायत धार्मिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका सम्पदा बोतलभित्र दुरुस्तै बनाएका छन् । सानैदेखि कला आर्टमा लोभिएका ताम्राकार यतिवेला कलालाई फरक तौरतरिकाबाट बनाउन सकिन्छ भनेर लागिपरेका हुन्छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कलाकार ताम्राकारले लामो समयदेखि बनाएका सिसी बोतलभित्र बनाएका कलाकृति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र हस्तकला शिल्पकला विभागले पुस १५ देखि २६ गतेसम्म नक्साल रहेको प्रतिष्ठानको अरनिको प्रदर्शनी कक्षमा प्रदर्शनी गरिएको थियोे । 

कलाकार विभूषण ताम्राकारले खाली सिसी बोतलभित्र  बनाएका अद्भूत कलाकृति जस्ताको त्यस्तै तस्बिरमा हेर्नुस् ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro