site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी

काठमाडौं । कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपको आफ्नो दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध फराकिलो जित निकालेको छ ।

बुधबार र बिहीबार पर्साको विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेसविरुद्ध एक इनिङ र ३५ रनको जित निकालेको हो ।

खेलको पहिलो दिन पहिले ब्याटिङमा आएको मधेसले १२९ रन बनाएको थियो । पहिलो दिन जवाफी ब्याटिङमा आएको पुलिसले पहिलो इनिङमा २५८ रन बनाउँदै १२९ रनको अग्रता लिएको थियो ।

बिहीबार दोस्रो इनिङमा ब्याटिङका निम्ति आएको मधेस ९४ रनमै समेटिएपछि पुलिसले एक इनिङ बाँकी छँदै जित निकालेको हो ।

बिहीबार मधेसका विशाल पटेलले सर्वाधिक २७ रन बनाए । मयन यादवले २२ रन थप्दा हिमांशु दत्तले १७ रन जोडे । यसबाहेक, मधेसका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

मधेसलाई सस्तैमा रोक्न पुलिसका कुशल भुर्तेलले दोस्रो इनिङमा पाँच विकेट लिए । ४.२ ओभर बलिङ गरेका कुशलले २२ रन खर्चिए । यसअघि कुशलले पहिलो इनिङमा दुई विकेट लिएका थिए ।

पहिलो इनिङमा ब्याटिङतर्फ पुलिसका निम्ति कुशलले अर्धशतक समेत बनाएका थिए । उनले ६८ बलमा १० चौकासहित ६३ रन बनाएका थिए ।

प्रतियोगितामा पुलिसको यो पहिलो जित हो । पुलिस यसअघि पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बराबरीमा रोकिएको थियो ।

यता, मधेसको भने यो पहिलो हार हो । यसअघि मधेस र वाग्मती प्रदेशबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro