site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ठगी गर्ने पक्राउ

काठमाडौं । बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने बहानामा रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर जिल्ला ललितपुर मनपा ६ का ३६ वर्षीय रुपेश महर्जन छन् । पक्राउ परेका महर्जनले पीडितसँग एक लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुई युवाहरूसँग पैसा लिएर लामो समयसम्म झुक्याई विदेश नपठाएको भन्दै परेको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

महर्जनलाई बुधबार ललितपुर जिल्ला ललितपुर महानगरपालिका ३ धोबिघाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro