सिकागो । ह्यात होटेल्स कर्पोरेसन र सिटी होटल लिमिटेडले ह्यात प्यालेस काठमाडौंलाई ह्यात सेन्ट्रिक सोल्टिमोड काठमाडौंमा रूपान्तरण गरेका छन् ।
नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्रान्डको होटेलमा रूपान्तरण गरेको जनाइएको छ । ह्यात सेन्ट्रिक सोल्टिमोड काठमाडौंले आधुनिक यात्रुहरूलाई राजधानी, काठमाडौंको सारलाई अनुभव गर्न स्वागत गर्ने जनाएको छ ।
आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरूको जीवन्त मिश्रण प्रदान गर्ने भन्दै कम्पनीले यस होटलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्य तथा रमाइलो र जानकारीमूलक अनुभवको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउने होटेलको दाबी छ ।
“विस्तृत पुनःनिर्माण तथा नवीकरणपश्चात्, हामी ह्यात सेन्ट्रिक ब्रान्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौंको सांस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौँ,” सिटी होटलका कार्यकारी सञ्चालक अक्षय गोल्याण भन्छन् ।
उनका अनुसार, ह्यात सेन्ट्रिक सोल्टिमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्न डिजाइन गरिएको छ । र, यात्रुहरूलाई कुनै अनुभवको कमी हुन नदिन आधुनिक स्थान प्रदान गर्नेछ ।