site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भए पनि राम्रो हवाई उडानमा क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाए । निगमले भएका वाइडबडी र न्यारोबडी समेत सञ्चालन गर्न नसक्नु असक्षमता भएको संकेत गरे । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहकले नेपालको हवाई उडानलाई विस्तार र  हवाई टिकट सर्वसुलभ (सस्तो) बनाउनुपर्ने भूमिकामा समेत हस्तक्षेप गर्न नसकेको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले हवाई भाडा नियन्त्रण र नियमन समेत नेपाल वायुसेवा निगमले गर्न नसकेको बताए । सरकारले पटक–पटक नेपाल एयरलाइन्ससँग निगमलाई बलियो बनाउने विषयमा छलफल गरेको उल्लेख गरे । निगममा रहेका जहाज खरिद गर्दादेखि विभिन्न विवादहरू र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट बिक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजीमा लागेको बताए ।

उनले भने, "नेपालको हवाई उडानलाई विस्तार र  हवाई टिकट सर्वसुलभ (सस्तो) गर्ने हो भने राष्ट्रिय ध्वजावाहक बलियो र सुदृढ हुनुपर्छ । राष्ट्रिय ध्वजावाहक बलियो भयो भने मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडालाई नियन्त्रण गर्ने अवस्था आउँछ । अन्तर्राष्ट्रिय उडानको हवाई भाडा पनि धेरै बढ्न नदिने र हवाई भाडा नियन्त्रण र सन्तुलनामा राख्ने अवस्था नेपाल एयरलाइन्सले गर्न सक्दो रहेछ । त्यसको लागि के गर्न सकिन्छ भनेर पटक–पटक नेपाल एयरलाइन्ससँग छलफल भएको छ ।"

उनले पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई सुधारको कार्ययोजना प्रस्तुत गर्न एक महिनाको समय दिएको बताए । उनले सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधार प्रस्तुत गर्न समेत भनिएको उल्लेख गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro