site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा नेपालले चैतदेखि ‘जनसंघर्ष’ गर्ने, यी हुन् १३ निर्णय

काठमाडौं । राप्रपा नेपालले आउँदो चैतदेखि ‘जनसंघर्ष’ थाल्ने भएको छ । पार्टीको महाधिवेशन ०८२ मंसिर १३, १४ र १५ गते काठमाडौंमा गर्ने निर्णय पनि केन्द्रीय समितिको बैठकबाट गरिएको छ ।

यही पुस १९ र २० गते (शुक्रबार र शनिबार) बसेको केन्द्रीय समितिको बैठकबाट यीसहित १३ बुँदे निर्णय र माग गरिएको छ । “भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति, सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रणको निम्ति जनलोकपालको व्यवस्था, संकटग्रस्त सहकारी संस्थाहरूको राष्ट्रियकरणलगायतका माग राखेर राप्रपा नेपालले २०८१ चैत महिनादेखि जनसंघर्ष सुरु गर्नेछ,” ३ नम्बर निर्णयमा उल्लेख छ ।

पार्टीले ‘तराई मधेस उत्थान अभियान’ सञ्चालन गर्ने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहकारी संस्था, अधिकारसम्पन्न संवैधानिक निकायको व्यवस्था, बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी ऐन, जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहललगायत कार्य गर्न पार्टीले सरकारसित माग गरेको छ ।

निर्णय पढ्नोस्–

n1-1735981108.jpegn2-1735981130.jpeg
 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro