site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार ढाल्ने र बन्ने खेल नहुने आस जागेको छ : उपप्रम सिंह
फाइल तस्बिर ।

महोत्तरी । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका नेता सिंहले शनिबार बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको उल्लेख गरे । संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए । “यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ,” उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आस जागेको छ ।”

साथै, उनले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर संगठन विस्तारमा लाग्न आग्रह गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro