site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङमा एकैदिन दुई जीप दुर्घटना, पाँचजनाको मृत्यु 

काठमाडौं । पहाडी जिल्लाहरूमा जीप यातायातको सहज साधन मानिए पनि दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।  बझाङ जिल्लामा एकै दिन दुईवटा जीप दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका छन् ।

बझाङको मष्टा गाउँपालिका–१ मा बिहीबार राति जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मष्टाको कोटदेवलमा भएको जीप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। 

Dabur Nepal
NIC Asia

मृत्यु हुनेमा मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापा छन् । बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप दुर्घटना भएको हो । 

जीप सडकबाट करिब सय मिटर तल खसेको थियो । जीपमा चालकबाहेक अन्य यात्रु थिएनन् । 

बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेनानजिक दुर्घटना हुँदा चारजनाको घटनास्थलमा नै मृत्यु भएको थियो।

दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवी र पाँच वर्षीया छोरी आकृतिको मृत्यु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro