site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदूषण घटाउन सरकारलाई दुई सुझाव : सवारीमा जोर–बिजोर प्रणाली, सातामा दुई दिन बिदा 

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सरकारले आवश्यक कार्य गर्ने बताएका छन् । 

बिहीबार सहरी विकास मन्त्रालयमा सरोकारवालालगायत विज्ञसँग छलफल गर्दै सिंहले वायु प्रदूषण बढ्दै गएकाले यसलाई न्यूनीकरण गर्न सरकारले आवश्यक कदम चाल्ने बताएका हुन् । उनले सरकारले अरू निकायसँग छलफल गरेर आवश्यक कदम चाल्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा वन मन्त्रालयमा प्रतिनिधिले अहिले वायु प्रदूषण निकै बढ्दै गएकाले जोर–बिजोर सवारी सञ्चालन गर्ने गरी सातामा दुई दिन बिदा दिनुपर्ने अवस्था आउन सक्ने जनाएका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहले सबैको परामर्शमा छिटै आवश्यक निर्णयमा पुगिने उल्लेख गरे । 

छलफलमा सरोकारवालाले तत्काल वायु प्रदूषण कम गर्न सवारी साधनको चापलाई घटाउनुपर्ने सुझाव दिएका थिए । 

छलफलमा निर्माण व्यवसायी, यातायात व्यवसायीलगायत सरोकारवाला मन्त्रालयको उपस्थिति थियो । 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्