site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अहिलेको सरकार नेपाली कांग्रेसको बलमा छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली कांग्रेसको बलमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसको बलमा सरकारमा रहेको बताएका हुन् ।

उनले कांग्रेसको सहारामा प्रधानमन्त्री बनेकाले कांग्रेस बेगर एक्लै अगाडि बढ्न नसक्ने उल्लेख गरे । उनले अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने बताए । सरकार जोगाउनका लागि जोगाउने नभइ सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्नेमा जोड दिए ।

नेता सिटौलाले भने, "आखिर यो सरकार हाम्रो बलमा छ । केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ । हाम्रो सहारामा हुनुहुन्छ । हामी बेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर हामी कोही पनि कल्पना गर्न सक्दैनौँ । एउटा विशेष परिस्थितिबाट निर्माण भएको सरकार हो यो । यसलाई हामीले जोगाएर लैजानु पनि छ । बनिसकेपछि यसलाई बीचमा भत्किन दिनु हुँदैन । यसलाई जोगाएर लिएर जानु पनि छ र यो सरकार जोगाउनका लागि जोगाउने होइन, यो सरकारले गर्ने नीतिहरुबाट, यो सरकारले गर्ने व्यवहारबाट राज्य सञ्चालनबाट जनताका बीचमा व्यापक काम गर्न सक्नुपर्छ । कुनै प्रेसले कसैका बारेमा भन्यो भन्दै, प्रहरीले कसैलाई पक्राउ गर्‍यो भन्दैमा त्यसैलाई विश्वास गरेर कांग्रेस विचलित हुँदैन ।"

नेता सिटौलाले नेपाली कांग्रेस पार्टीले सिंगो समाजलाई नेतृत्व दिनसक्नुपर्ने बताए । अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न आवश्यक नरहेको बताए ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro