site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान सकियो, रविसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय

काठमाडौ । काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ । 

प्रहरीले अनसन्धान प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्ने तयारी गरेको काठमाडौं प्रहरीका एसपी एसपी नवराज अधिकारीले जानकारी दिए ।

४४ जना प्रतिवादीबाट प्रहरीले एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ बिगो मागदावी लिनुपर्ने राय दिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न रविसहित जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय प्रहरीले दिएको छ ।

कात्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरेर काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो । रवि र छवि विरुद्ध हाल पोखरा जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनबारे प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो । स्वर्णलक्ष्मीको रकम ठगी प्रकरणबारे बयान लिन पोखराबाट रविलगायतलाई काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro