देश
झापा । बलात्कारको आरोपमा झापामा एकजना पक्राउ परेका छन् । एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरेर भारतका ३५ वर्षीय कुमार तामाङलाई पक्राउ गरेको हो ।
उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको भारत घर वेस्ट बंगालको हाँसीमारा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ती किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १२:१२
प्रतिक्रिया दिनुहोस्