site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाडीले किच्दा प्रहरी निरीक्षकको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । 

यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बाह्रखरीलाई जानकारी दिए ।  

गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर वाग्मती प्रदेश०१–००६ख २००४ नम्बरको बस पल्टिँदा उक्त हताहत भएको हो । 

“नियतबास गाडीले हानेको जस्तो देखिँदैन,” सहायक प्रवक्ता थापाले भने, “अनियन्त्रित भएर पल्टिँदा किचेको जस्तो देखिएको छ ।” 

उपचारका लागि अस्पताल पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro