site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कस्तो हुनेछ आज देशभरको मौसम ? 
फाइल तस्बिर ।

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेबाहेक देशभरको मौसम सफा रहनेछ । 

विभागले बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ ।

बिहानको समयमा तराई तथा उपत्यकाकामा हुस्सु तथा कुहिरो लागेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने विभागको भनाइ छ । त्यसैले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro