site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनले अस्वीकार गर्‍यो अमेरिकी अर्थ मन्त्रालयमा भएको साइबर आक्रमणको संलग्नता

काठमाडौं । चीनले अमेरिकाको अर्थ मन्त्रालयमा भएको साइबर आक्रमणमा आफ्नो हात रहेको आरोप निराधार भएको जवाफ फर्काएको छ । अमेरिकी अर्थ मन्त्रालयले उक्त घटनामा चिनियाँ राज्य सञ्चालित ह्याकरको हात रहेको आरोप लगाएको थियो ।

यस विषयमा अमेरिकाको अर्थ मन्त्रालय वा ट्रेजरी डिपार्टमेन्टले सोमबार सांसदहरूलाई पत्राचार गरेको थियो । ह्याकरहरूले आफ्नो प्रणालीको केही भाग र ननक्लासिफाइड कागजातमा पहुँच पुर्‍याएको ट्रेजरी डिपार्टमेन्टले पत्रमा उल्लेख गरेको छ ।

अमेरिकी सिनेटको बैंकिङ समितिलाई लेखेको पत्रमा ट्रेजरीले घटनामा चीनको राज्य प्रायोजित एडभान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी)को हात हुनसक्ने देखिएको भनेको थियो ।

मंगलबार चीनको परराष्ट्र मन्त्रालयले बेइजिङले सबै प्रकारका ह्याकर आक्रमणको सधैँ विरोध गरेको बताएको हो ।

मन्त्रालयकी प्रवक्ता माओ निङले ‘चीनविरुद्धमा राजनीतिक उद्देश्यका गलत सूचना फैलाउनेको झनबढी विरोध गर्ने’ बताएकी छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro