site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं पार्टीको सयदिने विशेष अभियान समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जनताको आर्थिक प्रगति हालको आवश्यकता भएको उनले उल्लेख गरे । उनले पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर मुलुकलाई आर्थिक प्रगतिका पक्षमा कांग्रेसले डोर्‍याउनुपर्ने बताए ।

“जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नु छ । गरिब जनताको आर्थिक प्रगति गर्नु छ । पछाडि परेका जनतालाई अगाडि ल्याउनु छ,” उनले भने ।

कांग्रेस र नेकपा (एमाले) मिलेर संयुक्त सरकार बनाइएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहे पनि यसको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको उनले बताए । “...ठूलाठूला पार्टीहरू कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ । प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि, हामी गर्वका साथ भन्छौँ– नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ ।”

उनले अगाडि भने, “राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला, तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।”

नेता सिटौलाले कांग्रेसले सबै राजनीतिक दलहरूलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro