site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सल्भ नेपालले १२० भूकम्प प्रतिरोधी निजी आवास हस्तान्तरण गर्ने 
Sarbottam CementSarbottam Cement

घुसेल, ललितपुर । ललितपुर महानगरपालीकाको (घुसेल गाविस वडा १, ४, ५, ८ र ९) वाग्मती गाउँपालिका वडा १ मा लुथरन वल्र्ड फेडेरेसन र एक्ट अलाइन्सको सहयोगमा सल्भ नेपालले १२० ओटा भूकम्प प्रतिरोधी स्थायी निजी आवास निर्माण गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ । अधिकांश भवनहरु निर्माण भइसकेको छ । केही हप्ताभित्र सम्पूर्ण भवन निर्माण गरी औपचारिक रुपमा हस्तान्त्रण गर्ने बताएको छ ।

सल्भ नेपालका कार्यक्रम अधिकृत प्रभात राउतले गएको भूकम्पबाट अति प्रभावित मध्येको ललितपुरको वाग्मती गाँउपालिका वडा १, घुसेलमा १२० वटा निजी भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार लुथरन वर्ल्ड फेडेरेसन र एक्ट अलाइन्सको सहयोगमा संस्थाले जुलाई २०१६ देखि नेपाल भूकम्प पुनर्लाभ, पुनर्निमाण तथा उत्थानशीलता परियोजना शिर्षकमा कार्यक्रम सञ्चालन भएको हो । परियोजनाको म्याद डीसेम्बर २०१७ सम्म रहेको छ । “केही हप्ताभित्रै सम्पूर्ण भवन निर्माण भइसक्ने र स्थानियलाई हस्तान्त्रण गरिनेछ,” उनले भने “मुलुकमा भएको स्थानिय, प्रतिनिधि तथा प्रदेश सभा लगायत निर्वाचनकोे बाबजुत पनि हामीले कार्यक्रकमलाई द्रुत गतिमा अघि बढाएका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

सो वागमति गाँउ पालिकाका वडाध्यक्ष तथा परियोजना अन्तर्गत आवास व्यवस्थापन समितिका अध्यक्ष रामजि गौतमले वडामा समयमै भूकम्प प्रतिरोधात्मक आवास सकिने भएसँगै स्थानियवासी खुसी भएको बताए । 

उनका अनुसार वडामा ३६५ घरधुरी अति प्रभावित थियो । जसमा आदिवासी(तामाङ)को बाहुल्यता रहेको, गरिबीको रेखामूनि परेको लगायतलाई मध्यनजर गरी उक्त वाग्मती गाँउपालीकाको घुसेललाई छनौट गरिएको उनको भनाइ छ । 

Global Ime bank

घर बनाइ सकेका घुसेलका कञ्चन तामाङले हप्तदिनमा सर्ने बताइन् । नयाँ घर बनिसकेपछि आफु खुसी भएको जनाइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ४, २०७४  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय