site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाइयो, अब ठूला दलका कोही बाँकी रहँदैनन् : राजेन्द्र लिङदेन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

राप्रपा कोशी प्रदेशको आयोजनामा शनिबार इटहरीमा सम्पन्न विरोध सभामा उनले यस्तो दाबी गरेका हुन् । हिन्दू राष्ट्र अपरिहार्य रहेको उल्लेख गर्दै उनले देशका लागि राजासहितको प्रजातन्त्र आवश्यक रहेको बताए । 

रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाइएको उल्लख गर्दै अध्यक्ष लिङ्देनले यो हतियारले ठूला दलका कुनै नेता नजोगिने ठोकुवा गरे । ‘रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ,’ अध्यक्ष लिङदेनले भने, ‘अब दाप बाहिर आइसकेको यो हतियार रोकिने छैन र रोकिन पनि हुँदैन ।’

वर्तमान व्यवस्थाले भ्रष्टाचारलाई झनै संरक्षण गरेको दाबी गर्दै लिङदेनले  नेपालका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । त्यसको सुरुवात राप्रपाबाट गर्न उनको आग्रह थियो । 

कार्यक्रममा राप्रपाका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक दलहरूले नै प्रजातन्त्र मास्ने काम गरेको आरोप लगाए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको उनको दाबी छ । 

जनताले अहिले विकल्पको खोजी गरेको दाबी गर्दै डा. लोहनीले तीन ठूला पार्टीका अध्यक्षलाई संसदमा उभिएर ‘भ्रष्टाचार गरेको छैन र नेपालबाहिर पैसा राखेको छैन’ भन्न चुनौती दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro