site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बादलले ढाके पनि खासै पानी परेन, शुक्रबारदेखि अर्को प्रणालीको सम्भावना

काठमाडौं । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरैजसो स्थानमा प्रभाव पारेको छ ।

पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि न्यून वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत केही स्थानमा सामान्य वर्षा भएको छ ।

आज राति पनि खासै वर्षा हुने अवस्था नरहेको तर बदली भएको क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा गराउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार, भोलिदेखि भने मौसम सुधार हुँदै जानेछ । अहिले कर्णाली, गण्डकी र वाग्मती प्रदेशमा बदलीको अवस्था छ । लुम्बिनीमा आंशिक बदली छ ।

वाग्मतीका पहाडी र हिमाली क्षेत्रमा बढी र कोसीको पश्चिम भूभागमा बादल रहेको अर्यालले बताए । सुदूरपश्चिममा आंशिकदेखि साधारण बदली छ ।

मौसमविद् अर्यालले भने, “खासै पानी परेको देखिँदैन । पश्चिममा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । राति पनि हल्का हिमपात र वर्षा हुने देखिएको छ । भोलिदेखि क्रमिक सुधार हुने देखिन्छ ।”

बिहीबारसम्म खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको पनि उनले बताए । यो बदलीले देशैभरि चिसो भने बढाउने उनको भनाइ छ ।

“हिउँ परेको ठाउँबाट आउने हावाले चिसो बढाउने हो, जता हावा जान्छ उतै बढी चिसो हुन्छ,” अर्यालले भने । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro