site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल बैंकले गर्‍यो जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्मित ९६ अस्थायी आवास हस्तान्तरण गरेको छ । आइतबार एक विशेष कार्यक्रमबीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरीलगायत उच्च पदाधिकारीको उपस्थिति थियो ।

कार्यक्रममा नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैँ प्रतिबद्ध रहेको बताए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यो परियोजना अघि बढाएको जानकारी दिए ।

नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी–१ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रङरोगन, किलाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।

०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति भएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रका नागरिकको सहयोगका निम्ति एक करोड रुपैयाँबराबरको सहयोगको घोषणा गरेको थियो । सोहीअनुरूप बैंकले तत्काल राहत सामग्री वितरणका साथै अस्थायी आवास निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो ।

नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा विपद् प्रभावितलाई राहत उपलब्ध गराउँदै आएको छ । बैंकले भविष्यमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro