site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल बारले मनायो ६९औँ स्थापना दिवस

काठमाडाैं । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले ६९औँ स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा आइतबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यको तस्बिरमा माल्यार्पण गरेर ‘बार डे’ मनाइएको हो । 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार दिवस–०८१ विभिन्न कार्यक्रमको आयोजना गरी देशैभरका कार्यालयमा मनाइएको जानकारी दिए । बारले निरंकुश व्यवस्थासँग लडेको, अन्य थुप्रै न्यायिक सुधारमा लडिरहेको उनले बताए । 

न्यायालयमा हुने गरेको बेथितिका विरुद्ध बारको लडाइँ निरन्तर रहेको धारणा राखे । घिमिरेले न्यायाधीश नियुक्तिमा भएको ढिलाइमा बारको कुनै भूमिका नरहेको भन्दै छिटै बारका तर्फबाट नाम पठाइने जानकारी दिए । 

न्यायपरिषद्ले गर्नुपर्ने धेरै काम नगर्ने र त्यसको दोष बारतर्फ देखाउने प्रवृत्तिले बेला–बेलामा समस्या आउने गरेको उनले बताए । 

विसं ०१३ साल पुस ७ गते स्थापना भएको बार एसोसिएसनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro