site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अल्बानियाले टिकटकमाथि लगायो एक वर्षको प्रतिबन्ध

काठमाडौं । अल्बानियाका प्रधानमन्त्रीले टिकटकमाथि एक वर्षको प्रतिबन्ध घोषणा गरेका छन् । बालबालिकामाथि पार्ने असरको चिन्तालाई लिएर उनले प्रतिबन्ध घोषणा गरेका हुन् ।  

अल्बानियाले गत महिना स्कुलमा १४ वर्षीय किशोरमाथि भएको छुरा प्रहारको घटनालाई लिएर टिकटकमाथि प्रतिबन्ध लगाएको हो । अल्बिानियाका प्रधानमन्त्री एडी रामाले शनिबार यो प्रस्तावित प्रतिबन्ध जनवरीमा सुरु हुने घोषणा गरेका छन् ।

टिकटकले यो प्रतिबन्धका विषयमा अल्बानिया सरकारबाट स्पष्टीकरण मागिरहेको बताएको छ । टिकटकले १४ वर्षीय केटालाई छुरा प्रहार गर्ने व्यक्ति र पीडितको टिकटक अकाउन्ट भएको प्रमाण नपाएको जनाएको छ ।

बीबीसीका अनुसार अल्बानियाको दक्षिणी तिरानामा एक स्कुलमा गत महिना छुरा प्रहारबाट ती किशोरको मृत्यु भएको थियो भने अर्का एक विद्यार्थी घाइते भएका थिए । उक्त घटना गराउने झगडाको जड सामाजिक सञ्जाल भएको बताइएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro