site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यू–१९ एसिया कपमा नेपाली महिला टिमको यात्रा समाप्त

काठमाडौं । एसीसी यू–१९ एसिया कपको सुपर–४ मा बंगलादेशसँग नौ विकेटले पराजित भएपछि नेपाली यू–१९ को यात्रा समाप्त भएको छ । 

शुक्रबार मलेसियाको बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनको योगफल खडा गरेको थियो ।

वर्षाका कारण निर्धारित समयमा सुरु हुन नसकेपछि खेल ११ ओभरमा घटाइएको थियो । 

Dabur Nepal
NIC Asia

बंगलादेशको जितमा फमिदा चोयाले सर्वाधिक २६ रन बनाइन् । यस्तै, मोसामत इभाले १८ र सुमैया अख्तरले १० रन थपिन् ।

नेपालकी कुशुम गोदले एक विकेट लिइन् ।

त्यसअघि नेपालकी ओपनर सावित्री धामीले ११ रन बनाएकी थिइन् । सावित्रीबाहेक, नेपालका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान पूजा महतोले नौ, अलिशा यादवले आठ र ज्यात्स्निका मरासिनीले पाँच रन थपिन् ।

बंगलादेशकी फर्जाना इस्मिन, अनिशा अन्तर सोबा, फहोमिदा चोया र हबिाब इस्लामले समान एक विकेट लिइन् ।

प्रतियोगितामा नेपाल समूह ‘बी’को विजेता बन्दै सुपर–४ मा आएको हो । नेपालले समूह चरणमा पाकिस्तानविरुद्ध ६ विकेटको जित निकालेको थियो । समूह चरणको दोस्रो खेलमा भने नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको थियो । 

सुपर–४ को पहिलो खेलमा नेपाल र श्रीलंकाबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । सोही कारण प्रतियोगिताको फाइनलमा स्थान बनाउन नेपाललाई आज जितको आवश्यकता थियो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिँदा बंगलादेशले भने फाइनलमा स्थान बनाएको छ । बंगलादेशले अब उपाधिका निम्ति भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro